स्न्यापच्याटमार्फत यौन शोषण गर्ने पुरुन्चौरका मनिस पक्राउ

काठमाडाैं | जेठ १०, २०८०

स्न्यापच्याटमार्फत यौन शोषण गर्ने पुरुन्चौरका मनिस पक्राउ

पोखरा:  सामाजिक सञ्जालमार्फत नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरुन्चौरका २१ वर्षीय मनिष भुजेल रहेका छन् ।

 

भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले कास्की प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।

 

भुजेलले इस्न्यापच्याट एवम् भाइबरमार्फत नाबालिगसँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाएर अश्लील कुराकानी गर्ने भिडियो च्याटकोे स्क्रिन रेकर्ड गर्ने र भुजेलले भनेको नमानेको खण्डमा पीडितलाई धम्कीपूर्ण म्यासेज गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले  जनाएको छ ।

 

पक्राउ परेका भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ । 
 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्